अध्यादेश खारेज हुने वित्तिकै मन्त्रिपरिषद विस्तार : उपेन्द्र यादव


४ आश्विन २०७८, सोमबार
Upendra Yadav

काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । उनले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुने वित्तिकै मन्त्रीपरिषद् विस्तार हुने जानकारी दिए ।

उनले भने, ‘दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुने वित्तिकै मन्त्रिपरीषद् विस्तार हुन्छ । यो अध्यादेश गलत छ दलहरुलाई अस्थिर बनाउने अध्यादेश खारेज गर्नुपर्छ । लोकतन्त्रलाई अस्थिर बनाउने अध्यादेश हो ।’

प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना भइसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद विस्तार नहुँदा सरकारका काम कारवाही प्रभावित हुँदै आएका छन् । प्रधानमन्त्री देउवाले राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७