कलाकार दिनेश काफ्ले वैवाहिक बन्धनमा


४ आश्विन २०७८, सोमबार
dines narmada tUktYn6gDC

काठमाडौं, ४ असोज । हाँस्य कलाकार दिनेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । उनले सिन्धुली घर भएकी थापासँग लगनगाँठो कसेका हुन् । दिनेशले नर्बदासँग मागी विवाह गरेका हुन् ।

उनीहरुको विवाह समारोह सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ४ मा आयोजना भएको थियो । विवाह समारोहमा दुलहा तथा दुलही तर्फका सीमित व्यक्तिहरुको मात्र सहभागिता थियो । सिन्धुली कनपा–८ भिमान निवासी दिनेशले आफनै घरबाट विवाह गरेका हुन् ।

पार्टी प्यालेसमा धेरै खर्च गरेर विवाहमा गर्नुभन्दा त्यो पैसा सिन्धुलीमा बन्दै गरेको कला घरलाई सहयोग गर्ने उदेश्यले साधारण विवाह गरेको दिनेशले बताए । ‘विवाह केही पछाडि गर्ने योजना रहेको थियो’, दिनेशले भने ‘अपर्झट विवाह भएकोले धेरैलाई पनि समेट्न सकिएन ।’ दिनेश लामो समयदेखि कमेडी कलाकारको रुपमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७