रुसको एक विश्वविद्यालयमा गोलाबारी, पाँचको मृत्यु (भिडियो)


४ आश्विन २०७८, सोमबार
gola bari MMWWARmrAO 1

काठमाडौं, ४ असोज । रुसको एक विश्वविद्यालयमा सोमबार गोलाबारी भएको छ । जसमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार रुसको परम सहरस्थित ‘परम स्टेट युनिभर्सिटी’ मा स्थानीय समयानुसार बिहान ११ बजे गोली हानिएको हो । एक हतियारधारी व्यक्तिले युनिभर्सिटीमा पसेर अन्धाधुन्ध गोली हान्न शुरु गरेका थिए । यो विश्वविद्यालय रुसको राजधानी मस्कोबाट पूर्व १३ सय किलोमिटर टाढा पर्छ ।

आक्रमणकारी पनि त्यही विश्वविद्यालयका विद्यार्थी रहेको र उनलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएको बताइएको छ । समाचार एजेन्सी रोयटर्स र एपीले भने अनुसन्धान एजेन्सीलाई उद्धृत गर्दै मृत्यु हुनेको संख्या ८ पुगेको दाबी गरेका छन् ।

हमलासँगै केही विद्यार्थी र अध्यापकलाई कोठाभित्र बन्द गरिएको थियो । घटनास्थलमा मोबाइलबाट खिचिएको भिडियो फुटेजमा केही मानिस झ्यालबाट हामफालेको देखिन्छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७