नेप्सेमा ११४ अंकको पहिरो, साढे ८ अर्बको शेयर कारोबार


४ आश्विन २०७८, सोमबार
share market

काठमाडौं, ४ असोज । आज (सोमबार) शेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४.०२ अंकको गिरावटसहित २ हजार ६ सय ९८.२५ अंकमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ४.०५ प्रतिशतले कम हो ।

गत बिहीबार नेप्से २ हजार ८ सय १२ अंकमा रहेको थियो । सोमबार पनि शेयर बजार निकै उतार चढावपूर्ण देखियो । सोही क्रममा कुनैसमय नेप्से १ सयभन्दा धेरै अंकले घटथ्यो भने छोटो समयमै गिरावट दरमा कमी आउथ्यो । यो क्रम दिनभर नै चल्यो । दिनभरको कारोबारमा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरका शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७