२,९५७ ले जिते कोरोना, १,०९५ नयाँ थपिए, आठको मृत्यु


४ आश्विन २०७८, सोमबार
korona

काठमाडौं, ४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १,०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २,९५७ जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७