अफगानिस्तानमा इस्लामिक स्टेटको आक्रमण, ३५ तालिबान लडाकु मारिएको दाबी


४ आश्विन २०७८, सोमबार
iskp hyKZA4m5HX

काबुल, ४ असोज । अफगानिस्तानस्थित इस्लामिक स्टेटको शाखा खुरासान प्रान्त (आईएसकेपी) ले अफगानिस्तान तालिबानले नियन्त्रण गरेयता पहिलो पटक उसविरुद्ध आफूले हमला गरेको दाबी गरेको छ ।

यही सेप्टेम्बर १९ मा अफगानिस्तानको नान्गरहार प्रान्तको राजधानी जलालाबादमा तालिबानलाई ताकेर आईईडी विस्फोट गरिएको र त्यस क्रममा तालिबानका ३५ लडाकु मारिएको वा घाइते भएको दाबी आईएसकेपीले गरेको हो ।

आईएसले तालिबानलाई ‘धर्म भ्रष्ट मिलिसिया’ भएको आरोप लगाएको छ । तालिबानले भने यस आक्रमणका विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । तर स्थानीय अफगान सञ्चारमाध्यमले नान्गरहार प्रान्तमा गराइएको आईईडी विस्फोटमा हताहती भएको समाचार दिएका छन् । आईएसको समाचार एजेन्सी अमाकले उक्त घटना पुष्टि गर्न केही तस्बिर पनि प्रकाशन गरेको छ ।

यसअघि आईएसले गत अगस्ट २६ मा काबुल विमानस्थलमा गरिएको घातक हमला र अगस्टकै ३० तारिखमा काबुल विमानस्थललाई ताकेर गरिएको रकेट प्रहारमा भने तालिबानलाई लक्ष्य नगरिएको दाबी गरेको थियो, अमेरिका र उसका सहयोगीलाई क्षति पुर्‍याउन मात्र हमला गरिएको उसले बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७