प्रदेश १ र बागमतीमा हाम्रो सरकार बन्दैछ : माधव नेपाल


४ आश्विन २०७८, सोमबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, ४ असोज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एक र बागमतीमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’

प्रदेश २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको बताए । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएको उल्लेख गर्दै उनले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गरे । ‘आज हामी सुनिरहेका छौं चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले ?,’ उनले प्रश्न गरे, ‘कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’

उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरू अरूको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसद्मा उफ्रिएको टिप्पणी समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७