काठमाडौं मानव तस्करीको ‘ट्रान्जिट’: रोहिंग्या भित्र्याउने ३ जना विदेशी एजेण्ट पक्राउ


४ आश्विन २०७८, सोमबार
Arrest पक्राउ 123456

काठमाडौं, ४ असोज : काठमाडौं मानव तस्करीको ‘ट्रान्जिट’ बन्दै गएको खुलासा भएको छ । तस्करी गरेर तेस्रो मुलुक लैजाने उद्देश्यले मानव तस्करहरुले नेपाललाई ट्रान्जिट बनाइरहेको तथ्य यसअघि नी सार्वजनिक भएको थियो ।

सोमबार बंगलादेशको शरणार्थी क्याम्पमा रहेका म्यानमारका शरणार्थीलाई नेपाल ल्याउने हिरोह पक्राउ परेसँगै यो तथ्य अर्को एक पटक पुष्टी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले म्यानमारका नागरिक नोरुल अमिन, शोफिक आलम र बंगलादेशी नागरिक अजमत उल्लालाई पक्राउ गरेको हो । उनीहरु काठमाडौंमा रोहिंग्या भित्र्याउने कार्यमा एजेन्टको भूमिका थिए ।

ब्युरोका अनुसार उनीहरुले बंगलादेशको शरणार्थी क्याम्पमा भएका वर्मेली रोहिङ्ग्या शरणार्थीहरुलाई नेपालबाट अमेरीका, यूरोप लगायतका देशहरु पठाईदिन्छु भनेर २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) अशुल्दै नेपाल ल्याउने गरेका थिए ।

criminals v001 20210920122456
पक्राउ परेका तीन विदेशी मानव तस्कर

उनीहरुले नेपाल पुगेपछि अमेरिका जान परिचय पत्र पाईने, मासिक भत्ता पाईने, मासिक प्रति व्यक्ति पुरुषलाई ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैँया भत्ता सुविधा दिने तथा अन्य सुविधाहरु राम्रो छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याई मानव तस्करी गर्ने गरेको ब्युरोले जनाएको छ ।

पछिल्लो समयमा थोरै थोरै संख्यामा नेपाल छिरेका रोहिंग्या शरणार्थीको संख्या झन्डै ७ सय पुगेको छ । उनीहरू अहिले काठमाडौंको कपनस्थित लसुनटारमा बस्दै आएका छन् । दिनप्रति दिन एजेण्टहरुले रोहिंग्या भित्राइरहेको बताइन्छ । म्यानमारमा रोहिंग्यामाथि दमन भएपछि शरणार्थीको रूपमा ठूलो संख्यामा बंगलादेश प्रवेश गरेका थिए । तिनीहरूमध्ये केही भारत हुँदै नेपाल आएका थिए । शरणार्थीको रूपमा नेपाल छिरेका उनीहरूले लसुनटारलाई आफ्नो इलाकाजस्तै बनाइसकेका छन् ।

यति धेरै रोहिंग्या कपनमा बसोबास गर्दै आइरहेको भए पनि अध्यागमन विभाग र गृह मन्त्रालयले तिनको व्यवस्थापनमा कुनै चासो दिएका छैनन् । उनीहरूको संख्या र व्यक्ति विवरणको रेकर्ड राख्ने, बासको व्यवस्था गरिदिने, कारबाही तथा देश फर्काउन पहल गर्ने मुख्य जिम्मेवारी अध्यागमन विभाग र गृहकै भए पनि यी निकायले रोहिंग्याको तथ्यांकसमेत राखेका छैनन् ।

 संयुक्त राष्ट्रसंघीय उच्चआयुक्त कार्यालय (युएनएचसिआर) का अनुसार पनि नेपालमा बसोबास गर्दै आइरहेको रोहिंग्याको संख्या बढेको छ । यहाँ बसेकामध्ये केहीले अनुमति नलिई अवैध रूपमा बसोबास गर्दै आइरहेका छन् । झन्डै तीन सय रोहिंग्याहरूको रेकर्ड युएनएचसिआरसँग छ । अन्य रोहिंग्याहरू अवैध रूपमा बसेका छन् । उनीहरू अवैध तवरले लुकीछिपी नेपाल भित्रिएको हुन सक्ने युएनएचसिआरले जनाएको छ । उनीहरू रङ लगाउने तथा निर्माणका काममा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७