काठमाडौंमा ‘रोहिंग्या’ भित्र्याएको आरोपमा तीन जना पक्राउ, अमेरिका पठाइ दिने प्रलोभन


४ आश्विन २०७८, सोमबार
criminals v001 20210920122456

काठमाडौं, ४ असोज । प्रहरीले बंगलादेशको शरणार्थी शिविरबाट रोहिंग्या समुदायका मानिस काठमाडौंमा भित्र्याएको आरोपमा एक बंगलादेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक अजमत् उल्लाहा, म्यान्मारी नोरुन अमिन र सोफिक अलाम रहेका छन । सोफिक र अमिन रोहिंग्या शरणार्थी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोहिंग्या नागरिकहरुलाई ओसारपसारमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले तीन जना रोहिंग्याहरुलाई बंगलादेशबाट काठमाडौं ल्याएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिकसहित कपन शिविरमा बस्दै आएका दुई रोहिंग्या छन् ।

उनीहरुले बंगलादेशको रोहिंग्या शिवरमा बसेका वर्मेली रोहिंग्याहरुलाई नेपाल हुँदै अमेरिका पठाई दिने प्रलोभन देखाएर नेपाल ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनीहरुले प्रति पुरुष ५ हजार ७५०, प्रति महिला ३ हजार ७५० र बालबालिकालाई २ हजार ७५० रुपैयाँ भत्ता सुविधा दिने भन्दै नेपाल ल्याउन फकाएका थिए । बंगलादेशी नागरिक अजमतले ढाकादेखि काठमाडौंसम्मको यात्राको लागि उनीहरुबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७