एमालेमा तीन उपाध्यक्षकाे प्रस्ताव, सात जनासम्म बनाउन सुझाव

तीन वटै प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटीमा लैजाने


४ आश्विन २०७८, सोमबार
amale 2 1

काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सबै पदाधिकारीलाई हलबाटै निर्वाचित गर्ने भएको छ । स्थायी कमिटी वैठकमा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावमा सबै पदाधिकारी निर्वाचित हुने प्रस्ताव गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

‘विधान नवौं महाधिवेशनको विधानकै प्रस्ताव छन् । नवौं राष्ट्रिय महाधिवेशन हुँदा मुलुक संघीयतामा गएको थिएन् । अहिले हामीले संघीय संरचना अनुसार संविधानतः विधानलाई व्यवस्थित गर्ने प्रस्ताव छन्’, उनले भने, ‘केन्द्रीय कमिटी, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिवको निर्वाचन गर्ने प्रस्ताव छ ।’ उनका अनुसार पार्टीको उपाध्यक्ष तीन जनाको प्रस्ताव गरिएको छ । स्थायी कमिटीका कतिपय सदस्यले ३, ५ र ७ जना राख्नुपर्ने सुझाव दिएको उनले जानकारी दिएका छन् ।

तीन वटै प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटीमा लैजाने
नेकपा एमालेको स्थायी कमिटीमा पेस भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ ।
आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकमा पेस भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लगिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन मस्यौदा, महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदन मस्यौदा र उपमहासचिव विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन मस्यौदा माथि स्थायी कमिटीमा छलफल भएको छ ।

यी तीन वटै प्रतिवेदन मस्यौदा माथि स्थायी कमिटी सदस्यहरुले राखेको टिप्पणी गरेका थिए । आगामी १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुको समेत सुझाव समेटिने भट्टराईले बताए । ८ र ९ असोजमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७