२०७८ असोज ५ गते मंगलबारको तपाईको राशिफल

सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) / विश्व शान्ति दिवस / विश्व अल्जाइमर्स दिवस


प्रकाशित मिति : September 21, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वास्थ्यमा खर्च बढ्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । बन्न लागेको काम बिग्रिने छ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ, तर साँझमा आफन्तको सहयोग मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । कहींकतैबाट कुनै उपहार प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ आरम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुशीका निम्ति केही खर्च हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्