स्याङ्जामा जीप दुर्घटना : छ जना घाइते, तीनको अवस्था गम्भीर


५ आश्विन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

स्याङजा, ५ असोज । स्याङ्जाको चापाकोटमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । चापाकोट नगरपालिका–७ पाङ्लुङ्गबाट हरिनास गाउँपालिका–६ क्याक्मी जाँदै गरेको ग २ च १३५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए । घाइते हुनेहरुमा स्याङ्जा हरिनास गाउँपालिका–६ का जीप चालक २२ का वर्षीय अशोककुमार मानन्धर र सहचालक ३० वर्षीय तीर्थनारायण मानन्धर, पाल्पाको रामपुर नगरपालिका–५ की ५२ वर्षीय ज्ञानुमाया राना, रामपुर–४ का ३७ वर्षीय खुमबहादुर क्षेत्री, १८ वर्षीय सरिता मानन्धर, ३७ वर्षीय विना थापा रहेका छन् ।

घाइतेमध्ये अशोक, ज्ञानु र खुमबहादुरलाई रामपुर अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र रामपुर अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७