विद्यालयहरूमा दुव्र्यसनीबिरुद्ध जनचेतनात्मक कार्यक्रम


२४ फाल्गुन २०७४, बिहीबार
baraha nagarpalika

-दीपक पुरी र सङ्गम बिष्टर चतरा
सुनसरी, २४ फागुन । कक्षा ७,८,९ मा अध्ययन गर्ने किशोर किशोरीहरुलाई बराह रिकमरिङ्ग युथ समूह र मधुवन युवा क्लबको आयोजना बराहक्षेत्र नगरपालिकाका विभिन्न विद्यालयमा लागुपदार्थ दुव्र्यसनी विरुद्ध जनचेननात्मक अन्तरक्रियाको आयोजना गरेको छ ।baraha nagarpalikaतस्बिर : दिपक पुरी ।

समाजमा कलेज स्तरमा अध्ययन गर्ने युवायुवतीहरु कुलतमा लागेको भन्दै विद्यालय स्तरका किशोर किशोरीहरुलाई लागू पदार्थ प्रयोगले निम्ताउने भविष्य बारेमा जानकारी गराएको थियो । बराहक्षेत्र नगरपालिकाका विभिन्न विद्यालयमा आयोजना गरिसकेको उक्त कार्यक्रम बुदबार चतराको आदर्श मा. बि. आयोजना भएको थियो ।

बराह रिकमरिङ्ग युथ समूहका अध्यक्ष बलबहादुर राईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय चतराका इन्चार्ज प्रहरी नायव निरिक्षक चक्रमणि थापा, विशिष्ट अतिथि उक्त विद्यालयका ब्यस्थापन समितिका अध्यक्ष ब्रदि राउत, विद्यालयका सह–प्रध्यानाध्यापक ज्ञान बहादुर पाण्डे रहेका छन् । कार्यक्रमका अतिथिहरू समाजसेवी चन्द थापा , दुव्र्यसन अभियान्ता साने लिम्बू , प्रशान्त शर्मा, दिनेश ढुङ्गेले रहेको उक्त कार्यक्रम युवा समाजसेवी सुरेशमणि नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको सुरुवातमा पूर्व लागू औषध प्रयोग कर्ता तथा दुव्ययसन विरुद्धको सहकर्ता दिनेने ढुङ्गेलले आफ्नो अनुभव सुनाउँदै टाटु खोप्ने, मुन्द्र लाउने, स्कुलबाट भाग्ने, चुरोट तान्ने बानीले बिस्तारै गाँजा, ब्राउनसुगर हुँदै ड्रेसको लतमा फसिएको भन्दै सुधारकेन्द्रपछि पुनः मान्छेको रूपमा आएको भोगाइ सुनाएका थिए ।

लागुऔषधले मान्छेलाई नकारात्मक रूपले सोच्ने र मान्छेलाई पशु बनाउने बताएका थिए । अर्का पूर्व लागू औषध प्रयोग कर्ता प्रशान्त शर्माले आफ्नो विगतमा तितो अनुभव सुनाउँदै लागू औषधले धनी, गरिब, महिला , पुरुष केही नछोड्ने भन्दै लागू औषधमा नफस्न किशोर किशोरिलाई आग्रह गरेका थिए । जुन कुरा गर्न हुँदैन भन्यो त्यही कुरा गरौँ गरौँ लाग्ने बानीले गर्दा दुव्र्यसनीमा फसिने भन्दै सजक रहन आग्रह गरेका थिए । कार्यक्रमका अतिथि चन्द मगरले सम्रिदि र विकासको मेरो दण्ड युवा भएको भन्दै विद्यार्थी भनेको देशको कणदार भएकाले लागू औषधमा नफसि सिप सिक्ने बानी बसाल्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि ज्ञानबहादुर पाण्डेले धन, विद्या, परिवार सबै कुराको लागुऔषदले हानि गर्ने भन्दै लागू औषधमा फसेका प्रयोग कर्ताहरू लगभग ९५ प्रतिशत लागुऔषधबाट पुनः फर्किन नसक्ने तथ्याङक रहेको भन्दै यस्तो बानी नलाउन किशोर किशोेरीहरुलाइ सजक गराएको थियो ।

प्रमुख अतिथि प्ननानि थापाले कार्यक्रमको अनत्यमा आफ्नो भनाइ राख्दै राम्रो बन्ने नराम्रो बन्ने सबै आफ्नो हातमा रहेको भन्दै समाजमा कस्तो कार्य गरेर आफ्नो पहिचान बनाउने कुराको ख्याल राख्न किशोर–किशोरी किशोरिलाइ सल्लाह दिएको थियो ।
उनले समाजमा जनचेतना मूलक कार्यक्रम गरी यसलाई निर्मुल पार्न आग्रह गर्दै समाजमा

त्यस्ता किसिमका घटनादेखि प्रहरीलाई जानकारी दिन आग्रह गरेको थियो । प्रहरी मेरो साथी भनेर प्रहरीले अभियान चलाएको भन्दै दुव्र्यसनी बिरुद् कुनै पनि जानकारी लिन प्रहरी तयार रहेको बताए । कुनै पनि स्थानमा अबैद रूपमा लागुऔषद बिक्री वितरण गरेको पाइए तुरुन्त प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७