राष्ट्रपति भण्डारीकी छोरीको विवाह (फोटोफिचर)


प्रकाशित मिति : August 22, 2017

काठमाडौँ : जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुशुम भण्डारी र पूर्व राष्ट्रपति डा. रामवरण यादवका भतिज ई. अभिषेक यादवसँग विवाह भएको छ ।

सोमबार बिहान १० बजेको शुभ साइतमा स्वयंवर भएको हो । अभिषेक काँग्रेस केन्द्रीय सदस्य एवं सांसद किरण यादवका छोरा हुन् ।उनीहरूको सात वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ । शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्