जलवायु परिवर्तनले जीव जन्तुहरुको आकार र रुप परिवर्तन हुँदै


५ आश्विन २०७८, मंगलवार
due to climate change the bodies of animals are changing rapidly1632196110

काठमाडौं, ५ असोज । जलवायु परिवर्तनले जीवजन्तुहरुमा उत्पन्न दबाबको प्रतिक्रिया स्वरुप केही पशुपंक्षीहरुको शरीरको आकार फेरिँदै गएको नयाँ रिसर्चमा पत्ता लागेको छ ।

यसमा जीवहरुको चुच्चो, खुट्टा र कान ठुल्ठूलो हुँदै गइरहेको पाइएको छ । पृथ्वीको तापमान बढ्दै गएकाले शरीरको तापमान नियमिततामा सुधार ल्याउन । विशेष गरी चराचुरुङ्गीहरु यसबाट प्रभावित भइहेको अष्ट्रेलियाको डिकन युनिभर्सिटीकी खोजकर्ता सेरा राइडिङ बताउँछिन् ।
उनीहरुले अनुसन्धान गरेकामध्ये ३० भन्दा बढी प्रजातिका जीव जन्तुमा खुट्टा ठूलो हुने या आकार परिवर्तन भइरहेको पाइएको हो । जस्तै अष्ट्रेलियामा सुँगाको प्रजातिको चुच्चो ४ देखि १० प्रतिशतसम्मले वृद्धि भएको पत्ता लागेको हो ।

सेरा भन्छिन्, ‘हामीले विभिन्न प्रजातिको हात खुट्टाको आकार ठूलो भइरहेको देखेका छौं तर वातावरण यत्तिकै अवस्थामा खस्कदै जाने हो भने उनीहरु कसरी त्यससँग सन्तुलन मिलाइरहन्छन् भन्ने कसैलाई थाहा छैन ।’ छोटो समय अवधिमै जीवजन्तुहरुमा ठुल्ठूला शारीरिक परिवर्तन आउनुलाई असामान्य र चिन्ताजनक मानिएको छ ।

यसमा गर्मी ठाउँमा बस्ने प्रजातिहरुको प्वाँख , चुच्चो लगायत ठूलो हुने गर्दछ । यसले उनीहरुलाई शरीरको तापमान नियन्त्रित गर्न मद्दत गर्दछ । तर यससँगै तिनको शरीरको आकार भने सानो हुँदै जान्छ । किनकी शरीर सानो हुँदा कम तातो गर्दछ । अमेरिकाको हालैको एक अध्ययनमा पनि ५२ प्रजातिका चराहरुको आकार पछिल्लो चार दशकमा घट्दै गएको पाइएको हो । सिएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७