राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पेस हुने


५ आश्विन २०७८, मंगलवार
Parliment house samsad bhawan q scaled

काठमाडौं, ५ असोज । राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुनेछ ।

दलहरुबीच सहमति भएमा सम्भवत: आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ । सांसदहरले बजेटमाथि संशोधन राख्न पाउँछन् ।

राष्ट्रिय सभा सदस्यहरुलाई विधेयकमाथि खर्च कटौतीको प्रस्ताव समेत राख्ने सुविधा हुन्छ । सांसदले यस्तो प्रस्ताव राखेमा त्यसमाथि पनि छलफल हुनेछ । त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउने छ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि विधेयक कार्यान्वयनमा आउने छ ।

त्यसपछि मात्रै सरकारले खर्च गर्न पाउने छ । हिजोको प्रतिनिधि सभा बैठकमा एमालेको अवरोधकाबीच विनियोजन विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक पर्सी बोलाइएको छ । अबको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पनि पारित गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७