काबुलमा महिलालाई महिला शौचालय सफा गर्न मात्र अनुमति


५ आश्विन २०७८, मंगलवार
imfedmg1632217177

काबुल, ५ असोज । अफगानिस्तानको काबुल नगर सरकारका महिला कर्मचारीहरूलाई घरमै बस्न आदेश दिइएको छ । तालिबानले लागु गरेको पछिल्लो प्रतिबन्धहरूमा पुरुषले गर्न नसक्ने काम गर्न मात्र महिलालाई गर्न अनुमति दिइएको छ ।

काबुलका कार्यवाहक मेयर हमदुल्लाह नोहमानीले आइतबार गरेको घोषणा अनुसार अफगान राजधानीमा महिलाहरूलाई सरकारी काम गर्न प्रतिबन्ध लगाइएको छ । उक्त घोषणा अनुसार काबुल सरकारको लागि महिलाले केवल महिला शौचालयहरू सफा गर्ने काम गर्न सक्ने छन् ।

यस आदेशले धेरै महिलाहरूले रोजगारी गुमाउने छन् । मेयरका अनुसार काबुल नगरपालिकामा झन्डै तीन हजार कर्मचारी छन् । तीमध्ये २७ प्रतिशत महिला छन् । अफगानिस्तानलाई तालिबानले कब्जा गरेपछि महिला र बालिकाहरूको लागि त्रास बढिरहेको छ । महिला अधिकारलाई सम्मान गरिने बारम्बारको प्रतिज्ञाको बाबजुद महिला कर्मचारीहरूलाई दिइएको आदेशले २० वर्षको स्वतन्त्रता अन्त्य हुनेतर्फ संकेत गरेको छ ।

तालिबानले सत्ताकब्जा गरेपछि महिलाहरूलाई केही क्षेत्रका कार्यस्थल छोड्न आदेश दिइएको थियो, बालिकाहरू र महिलाहरूको शिक्षामा प्रतिबन्धहरू लगाइएको थियो । सन् १९९६ देखि २००१ मा पहिलो पटक सत्ता सम्हाल्दा पनि तालिबानले महिला र बालिकाहरूलाई शिक्षा र कामबाट वञ्चित गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७