धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानामाथिको छानविन प्रतिवेदन सरकारलाई


५ आश्विन २०७८, मंगलवार
dhitopatra dhungana report

काठमाडौं, ५ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुङ्गानामाथि लागेको आरोप सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले अनुसन्धान पूरा गरेको छ । समितले आज (मंगलबार) अनुसन्धान प्रतिवेदन सकारलाई बुझाएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समिति अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मा समक्ष बुझाएका हुन् । धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याई बोर्डको हित र पुँजी बजारको विकास विपरीत हुनेगरी पदीय आचरणविपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो । अर्थमन्त्री शर्माले जाँचबुझ प्रतिवेदन बुझ्दै सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताको हित रक्षामा सहयोगी हुने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७