साउदी रियाल बोकेर दुवई जान लागेका दुई जना विमानस्थलबाट पक्राउ


५ आश्विन २०७८, मंगलवार
Bideshi rupainya

काठमाडौं, ५ असोज । अवैध रुपमा विदेशी मुद्रा बोकेर दुवई जान लागेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
सोमबार साँझ नेपाल एयरलाइन्सबाट दुबई जान लागेका गुल्मीको छत्रकोट गाउँपालिका–४ का ३९ वर्षीय तुलसीराम कँडेल र ३८ वर्षीय केशबराज कँडेललाई पक्राउ गरेको विमानस्थल सुरक्षा प्रहरी कार्यालय प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

तुलसीरामले बोकेको खैरो रङ्गको लगेजभित्र ५० हजार साउदी रियाल, ३८० दुवईको दिराम र १६ हजार ४ सय रुपैयाँ फेला परेको थियो । लेगज चेकजाँचका क्रममा उक्त मुद्रा फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सोधपुछका क्रममा उक्त रकम केशवराज कंडेलको रहेको खुलेपछि प्रहरीले उनलाई पनि विमानस्थल बाहिरबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७