सिद्धार्थ बैंकद्वारा जोन्ता क्लब काठमाडौं नेपाललाई सहयोग


५ आश्विन २०७८, मंगलवार
Zonta Club Handover1632228089

काठमाडौं, ५ असोज । सिद्धार्थ बैंक लिमिटेडले कमलादी स्थित जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाडौं नेपालका अध्यक्ष सीमा गोल्छालाई सो रकम हस्तान्तरण गरेका हुन्।

उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग बताइएको छ। साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ।

नययमपलष्नजतकबलष्mब दयह बम द्द
विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७