नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई


६ आश्विन २०७८, बुधबार
rajkumar chhetri

काठमाडौं, ६ असोज । नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् ।
महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ । अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२ औं तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो ।

क्षेत्री यसअघि त्रिभुवन विमानस्थलको महाप्रबधकसँगै भैरहवा, भरतपुर, विराटनगर र जनकपुर विमानस्थल प्रमुखसमेत भसकेका व्यक्ति हुन् । मन्त्रालयले निमित्त तोक्न सक्ने भएपनि महानिर्देशक भने मन्त्रिपरिषदले नियुक्त गर्ने प्रावधान छ ।

महानिर्देशकको लागि क्षेत्रीसँगै, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, भोला गुरागाई र प्रधिकरणमा ११ औं तहमा रहेका प्रदिप अधिकारी दौडमा छन् । क्षेत्रीको सेवा अवधि ३ महिना र गुरागाईको ४ महिना मात्रै बाँकी छ । त्यसपछि उनीहरुले पनि अनिवार्य अवकास पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७