नारायण खड्का परराष्ट्रमन्त्रीको शपथ लगत्तै न्यूयोर्क जाने


६ आश्विन २०७८, बुधबार
Narayan Khadka 20210922032600

काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दैछन् । प्रधानमन्त्री देउवाले आज (बुधबार) खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो । अन्य मन्त्रालयको भागबण्डाका बारेमा छलफल भए पनि सत्ता गठबन्धन टुंगोमा पुग्न सकेन । परराष्ट्रमन्त्रीविहीन अवस्थामा रहँदा अन्तर्राष्ट्रिय स्तरमा मुलकको छबिमाथि नै प्रश्न उठन थालेपछि सत्ता गठबन्धन दलले अन्य मन्त्रालयलाई बाँकी राखेर परराष्ट्रमन्त्रीको टुंगो लगाएको हो ।

परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै खडका संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्री बनेको ७२ दिनपछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७