परराष्ट्रमन्त्री नियुक्त खड्काको शपथ १ बजे, आज न्यूयोर्क जाँदै


६ आश्विन २०७८, बुधबार
Narayan Khadka 20210922032600

काठमाडौं, ६ असोज । नव नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार (आज) शपथ खाने भएका छन् । उनले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ खाने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयमा दिउँसो १ बजे शपथ ग्रहण समारोह आयोजना गरिने जानकारी दिए । सरकारले बुधबार नै नेपाली कांग्रेसका नेता डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको हो ।

सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार उनलाई प्रधनमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका हुन् । सरकारले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति भण्डारीलाई पठाएको थियो । मन्त्रालयको कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधबारै न्यूयोर्क जाने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७