कांग्रेस वडा अधिवेशन : नेविसंघका महामन्त्री तिमिल्सिना र पूर्व जिल्ला सभापति वडामै पराजित


६ आश्विन २०७८, बुधबार
sindhupalchok

सिन्धुपाल्चोक, ६ असोज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा कृष्णप्रसाद सिटौला निकट तिमिल्सिना वडामै पराजित भएका हुन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–३ का तिमिल्सिनाले ७७ मत मात्र प्राप्त गरेका थिए । उनलाई पराजित गर्ने १७ मत बढी पाएका थिए । यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि वडाबाट माथि आउन सकेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका–३ मा पराजित भएको हुन् ।

यस्तै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपालले पनि क्षेत्रीय प्रतिनिधिमा पराजित हुन परेको छ । सिन्धुपाल्चोकमा केन्द्रको संस्थापन पक्षले जिल्लाको स्थापन पक्षका प्रमुख नेताहरूलाई वडामै रोकिदिएको छ ।

यस्तै रोल्पामा केन्द्रको संस्थापन पक्ष निकट नेताहरूलाई जिल्लाको संस्थापन पक्षले वडामै सीमित पारेको थियो । सभापति शेरबहादुर देउवानिकट रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर माडी गाउँपालिका–२ मा पराजित भएका छन् ।

घर्तीमगर देउवा नेतृत्वको तत्कालीन काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिका भएका थिए । साबिकको घर्तीगाउँ गाविसका पूर्व अध्यक्ष घर्तीमगर १२ औं अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । यस्तै वर्तमान जिल्ला सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ मा पराजित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७