बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित


६ आश्विन २०७८, बुधबार
1 1 copy

बागलुङ, ६ असोज । बागलुङको ढोरपाटन नगरपालिका–२ टारीखेतमा भलसहित आएको बाढीले दुई घर डुबाएको छ भने सात परिवार विस्थापित भएका छन् ।

गए राति मुसलधारे वर्षासँगै आएको भेलले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूर्ण रुपमा डुबाएको हो । घर डुबानमा परे पनि मानिसहरु भने सबै सुरक्षित छन् । परिवारका सबै सदस्यलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७