यतिको पर्वतीय उडान पुनः शुरु हुँदै, भाडादर सगरमाथाको उचाइ बराबर


६ आश्विन २०७८, बुधबार
yati airlines

काठमाडौं, ६ असोज । दोस्रो लकडाउन पछि रोकिएको यति एअरलाईन्सको पर्वतीय उडान असोज १० गते देखि पुनः चालु हुने भएको छ ।
मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर – मार्च महिना उपयुक्त मानिने भएकोले उडान चालु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । हालका लागि प्रत्येक आईतवार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको उनले बताए ।

प्रत्येक आइतबारका लागि एटीआर ७२ विमानमार्फत एउटा पर्वतीय उडान हुने गरि तालिका तय गरिएको र यात्रुहरुको माग बमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएको उनले बताए । नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८ हजार ८४८ रुपैयाँ भाडादर तोकिएको छ ।

आवासीय बिदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले बताए । पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो । नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८४८ र १४ हजार ७७५ भाडादर तोकेको छ । यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को सँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७