भीरबाट लडेर आएको ढुङ्गाले लागेर आमा–छोरीको मृत्यु

मालपोत कार्यालय हिंडेका वृद्ध तलाउमा मृत्त भेटिए


६ आश्विन २०७८, बुधबार

रोल्पा, ६ असोज । रोल्पामा भीरबाट लडेर आएको ढुङ्गाले लागेर आमा–छोरीको ज्यान गएको छ । बाँदर लखेटेर घर फर्कदै गर्दा रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगीता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट लडेर आएको ढुङ्गाले लागेर मृत्यु भएको हो ।

प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको मकैबारीमा बाँदर लखेटेर फर्किदै गर्दा उनीहरुको मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्ध तलाउमा मृतावस्थामा फेला परेका छन् । डुडुवा–१ बस्ने ८५ वर्षीय नन्कौ अहिर राप्तीसोनारी–६ भुरीडाँडा जंगलको तलाउमा मृत्त अवस्थामा फेला परेका हुन् ।

घरबाट मालपोत कार्यालय नेपालगञ्ज जान्छु भनि हिंडेका उनी घर परिवारको सम्पर्कमा आएका थिएनन् । उनको शव तलाउमा फेला परेपछि प्रहरीले थप अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७