अमेरिका भ्रमणमा निस्कन लागेका पराष्ट्रमन्त्री भन्छन्, ‘एमसीसी प्राथमिकताको सूचीमा छैन’


६ आश्विन २०७८, बुधबार
Narayan Khadka 20210922032600

काठमाडौं, ६ असोज । नव नियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) प्राथमिकताको सूचीमा नरहेको बताएका छन् ।

आज (बुधबार) मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइड लाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

तर भ्रमणको एजेण्डामा एमसीसी प्राथमिकताको एजेण्डा नभएको बताए । उनले भने, ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता सूचीमा छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७