तोकियो धानको समर्थन मूल्य


६ आश्विन २०७८, बुधबार
dhan

काठमाडौं, ६ असोज । सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम सर्मथन मूल्य तोकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले क्विन्टलमा १७ रुपैयाँले बढाएर धानको मूल्य तोकेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलले मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकिएको बताए । उनका अनुसार मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७