१,६३० ले जिते कोरोना, १,४७८ नयाँ थपिए, ६ जनाको मृत्यु


६ आश्विन २०७८, बुधबार
korona

काठमाडौं, ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १३ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,२५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेको छ । यसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १,३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।

dta

पछिल्लो २४ घण्टामा १,६३० जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । यही अवधिमा थप १ लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । त्यसै गरी पछिल्लो २४ घण्टामा देशभर एक लाख ५६ हजार १८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७