सत्ता गठबन्धनको वैठक बस्दै, मन्त्रालयसहित मन्त्री टुङ्गो लगाउने तयारी


६ आश्विन २०७८, बुधबार
bipaxi latest photo

काठमाडौं, ६ असोज । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न आज (बुधबार) पाँच दलीय गठबन्धनको वैठक बस्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रि परिषद्लाई आजभोलि नै पूर्णता दिने तयारी स्वरुप वैठक बस्न लागेको स्रोतले जानकारी दिएको छ ।

नेकपा (माओवादी केन्द्र) का एक नेताका अनुसार मन्त्रिपरिषद् विस्तार धेरै ढिला भएको भन्दै अब प्रक्रिया अघि बढाउने तयारी गरिएको हो । अध्यादेश संसदबाट फिर्ता तथा राष्ट्रपतिलाई खारेजी सिफारिस गर्ने काम सरकारका तर्फबाट हुनेछ ।

त्यस अघि नै सत्ता गठबन्धनका दलहरूले आफ्नो पार्टीका तर्फबाट मन्त्रीको नामावलीलाई अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई दिनेछन् । ‘गठबन्धनका अधिकांश दलबाट मन्त्रीहरूको नाम तयार गरिसकेको अवस्था छ’, ती नेताले भने, ‘अध्यादेश खारेज भयो भने जसपाले पनि मन्त्रीको नाम दिने र मन्त्रिपरिषद्लाई पूर्णता दिइने छ ।’

जसपा नेता इस्तियाक राईका अनुसार अध्यादेश फिर्ता भए जसपा मन्त्रीहरूको नामावली दिनका लागि तयारी अवस्थामा छ । उनका अनुसार अध्यादेश खारेज गरेको भए यसअघि नै जसपा सरकारमा गइसकेको हुने थियो ।

‘अध्यादेश खारेज भइसकेको भए जसपा धेरै पहिले सरकारमा गइसकेको हुन्थ्यो’, राईले भने, ‘दल फुटाउने खुकुलो प्रस्ताव राख्दा सरकारमा जानसाथ पद नपाउनेहरूले दल फुटाउने जोखिम हुन्छ । त्यसैले अध्यादेश कायम राखेर जसपा सरकारमा सहभागी हुँदैन ।’ गएको २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद ६ सदस्यीय मात्र छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७