को बन्दैछन् एकीकृत समाजवादीको महासचिव ?


७ आश्विन २०७८, बिहीबार
nekapa samajbadi pati

काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी) ले आज (बिहीबार) महासचिवको टुंगो लगाउने भएको छ । मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक महासचिव चयनका लागि एक दिन थप भएको हो ।

प्रचार विभाग प्रमुख खतिवडाले बिहीबार महासचिवको छनोट हुने जानकारी दिएका छन् । पार्टीको महासचिवका लागि बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा. विजय पौडेल, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, डा. गंगाधर तुलाधरको चर्चा छ । उनीहरुमध्ये भुसालको सम्भावना बलियो रहेको समाजवादी निकट नेताहरु बताउँदै आएका छन् ।

एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई विकसित गर्ने राजनीतिक नीति लिएको छ । पार्टीको केन्द्रीय कमिटीको बुधबारको बैठकले अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित गर्दै जबजलाई नछोडने नीति लिएको हो । पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद भएको प्रतिवेदनमा उल्लेख छ ।

समूहगत छलफलपछि सुझावसहित अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित भएको खतिवडाले जानकारी दिए । राजनीतिक प्रतिवेदनमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए । उनले तीन महिनाभित्र पार्टीको महाधिवेशन गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७