१९ लाख नगदसहित मध्यराति काठमाडौंबाट १३ जुवाडे पक्राउ


७ आश्विन २०७८, बिहीबार
Juwa Tas Khal 1536x900 1

काठमाडौं, ७ असोज । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट प्रहरीले झण्डै १९ लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गए राति १२ बजे कागेश्वरी मनोहरा ७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले सात सेट तास पनि बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा पुगेको प्रहरीले मध्यराति स्थानीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले काठमाडौंको कपनबाट पनि जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ २५ हजार ५ सय ५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७