कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकार विस्तार र महाधिवेशन मुख्य एजेण्डा


७ आश्विन २०७८, बिहीबार
congress

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज (बिहीबार) पनि बस्दै छ ।
दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने नेता गोपालमान श्रेष्ठले जानकारी दिए । बैठकमा विशेष गरी मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल हुने उनले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबण्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको एक नेताले जानकारी दिए । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७