उदयपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


७ आश्विन २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

उदयपुर, ७ असोज । उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रदेश १–०२–००२च ४८७४ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका बेलका–२ का ४० वर्षीय रामचन्द्र राईको उपचारको क्रममा मृत्यु भएको हो ।

राई सबार स ४ प ९१०५ नम्बरको मोटरसाइकलाई बुधबार दिउँसो मदन भण्डारी राजमार्गअन्तर्गमा पर्ने बेलका ९ मा जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी कोइराला मेमोरियल अस्पताल धरानमा लगिएको थियो ।

उपचारकै क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनापछि जीप चालकलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले पक्राउ गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७