काठमाडौंमा आजदेखि चाडपर्व लक्षित बजार अनुगमन


७ आश्विन २०७८, बिहीबार
BBB Doti PasalAnugaman

काठमाडौं, ७ असोज । चाडपर्वलाई लक्षित गरी आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा बजार अनुगमन सुरु हुँदैछ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको संयोजनमा आजदेखि बजार अनुगमन गर्न लागिएको हो ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयसँगै वाणिज्य विभाग, खाद्य विभाग, औषधि विभाग, गुणस्तर तथा नापतौलसहितका नियमनकारी निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गर्न लागिएको पौडेलले जानकारी दिए । अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रमा अनुगमन गर्नेछ ।

काठमाडौं महानगरपालिकाले पनि चाडपर्वको बेला उपभोक्तामाथि हुनसक्ने ठगी नियन्त्रणको लागि बजार अनुगमन सुरु गरिएको जनाएको छ । चाडपर्वको बेला धेरै कारोबार हुने मासु, चिनी, दालचामसहितका खाद्यान्न, लत्ताकपडा, मसला लगायतका बस्तुलाई केन्द्रीत गरेर बजार अनुगमन गरिने स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७