नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल


७ आश्विन २०७८, बिहीबार
beduram bhusal
फाइल फोटो

काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महासचिव बेदुराम भुसाललाई बनाउने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले जानकारी दिएका छन् ।

यो सहमति आज बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र घोषणा गरिने ती नेताको दाबी छ । महासचिवमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेललगायत नेताले पनि दाबी गरेका थिए । सचिवालय बैठकमा भुसाललाई नै महासचिव बनाउने सहमति जुटेको हो ।

मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्दै छ । बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्ने एक नेताले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७