भारतमा २४ घण्टामा थप ३१ हजार ९२३ जनामा कोरोना, ८३ करोड ३९ लाखले लगाए खोप


७ आश्विन २०७८, बिहीबार
korona india

नयाँदिल्ली, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा थप ३१ हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१ हजार ९२३ जनामा कोरोना संक्रमण पाइएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना संक्रमणका कारण थप २ सय ८२ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ४६ हजार भन्दा धेरैको ज्यान गएको छ । ३१ हजार ९९० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३ लाख १ हजार रहेको छ । भारतमा अहिलेसम्म ८३ करोड ३९ लाखले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७