बारामा करेन्ट लागेर एक जनाको मृत्यु


७ आश्विन २०७८, बिहीबार
current

बारा, ७ असोज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–७ लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ । प्रहरीका अनुसार आफ्नै बनाउदै गरेको घरमा मोटरबाट पानी हाल्नको लागि मोटर चलाउन लाग्दा उनलाई करेन्ट लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७