नेकपा एकीकृत समाजवादीले टुंग्यायो पदाधिकारी चयन, को के बने ?

भुसाल महासचिव, झाँक्रीसहित पाँच जना सचिव


७ आश्विन २०७८, बिहीबार
madhav nepa

काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी चयन टुङ्गो लगाएको छ । आज (बिहीबार) बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने गरी पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए । नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।

त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । पोलिटव्युरो पनि आजै घोषणा हुने प्रस्तावित महासचिव बेदुराम भुसालले जानकारी दिए । त्यस्तै केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन पनि आजै हुने भुसालले बताए ।

पाण्डे र साह एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बनेर पराजित भएका थिए । त्यसबेला पाण्डे माधव नेपाल प्यानलमा थिए भने साह केपी ओली प्यानलमा थिए । महासचिव भुसाल एमालेको सचिवमा पराजित भएका थिए । त्यस्तै उपमहासचिव डा.तुलाधर,पौडेल र प्रकाश ज्वाला तीनै जना एमालेमा पोलिटव्यूरो सदस्य थिए । सचिवमध्ये केशवलाल श्रेष्ठ नवौं महाधिवेशनमा पनि ओली प्यानलबाट सचिवमै पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७