छोराले आमालाई बचाए, आफू भने बचेनन्


७ आश्विन २०७८, बिहीबार
sawinikumar Oq3fT7aprN

सिरहा, ७ असोज । सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृत्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७