एमाले अवरोधकै बीच बजेटसम्बन्धी दुई विधेयक पारित


७ आश्विन २०७८, बिहीबार
rastriyasava gpnugwCRoB

काठमाडौं, ७ असोज । सरकारले प्रमुख विपक्षी एमालेलाई पेलेरै आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले सो विधेयक बहुमतले पारित गरेको हो । सो विधेयकमाथि सांसद प्रेम सुवालले छलफलमा भाग लिएका थिए । उनले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विधेयक, २०७८ माथि छलफलको प्रस्ताव गरेका थिए । लगत्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरे । त्यसपछि अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पनि पारित भएको छ । यसअघि राष्ट्रियसभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । तर एमालेका सांसदहरुले सभामुख सापकोटाको राजीनामा माग गर्दै संसद अवरुद्ध जारी राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७