अब समाजवादी क्रान्तिमा हामफाल्छु : प्रचण्ड

‘बादल र टोपबहादुरलाई सम्झिँदा पनि एलर्जी भएर आउँछ’


७ आश्विन २०७८, बिहीबार
Prachanda 2

काभ्रे , ७ असोज । नेताहरु बिग्रिएका कारण माओवादीसँग जनता निराश भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो नगरसभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘पहिले मेला र खेतीमा सघाउन आउँथे तर अहिले माओवादी कहाँ गए भनेर जनता निराश छन्’, उनले भने, ‘ग्राउन्डमा बस्ने कार्यकर्ता बिग्रिएका छैनन् । जसलाई धेरै मन्त्री बनायो त्यही सबैभन्दा ठूलो भगौडा भएर निस्किए । नेताहरु साह्रै बिग्रिए ।’ प्रचण्डले एमालेतिर गएका टोपबहादुर रायमाझी र रामबहादुर थापा बादलको नाम नै लिएर आफूलाई घिन लाग्ने गरेको बताए ।

‘टोपबहादुर रायमाझी भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ’, उनले भने, ‘त्यो बादललाई कहाँबाट ल्याएर सरकारको नेतृत्व गर्न गृहमन्त्री बनाए । तर अहिले हेर्नुस् त, सम्झिँदा पनि एलर्जी हुन्छ ।’ उनले आफैं पनि बिग्रिएकाले अब सुध्रिएर समाजवादी क्रान्तिमा हामाफल्ने बताए । ‘बिग्रिएको मै हो, म सच्चिन्छु, अरु को को सच्चिने नसच्चिने तयार हुनुस्’, उनले भने, ‘अब एक पटक हामफाल्छु समाजवादी क्रान्तिका लागि । अरुलाई भन्दा पहिले आफैंलाई सुधार्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७