ट्रकमा भेटियो १७५ किलो गाँजा, दुई जना पक्राउ


७ आश्विन २०७८, बिहीबार
Ganja pakrau makwanpur

मकवानपुर, ७ असोज । मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका–९ का ३१ वर्षीय मवहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका ३ का २४ वर्षीय प्रशान्त कार्की रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १७५ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७