यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामलाई, भैरवबहादुर थापालाई जगदम्बा श्री


७ आश्विन २०७८, बिहीबार
Bhairab b thapa and bhagiraj ingnam

काठमाडौं, ७ असोज । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको आज (बिहीबार) बसेको बैठकले इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै जगदम्बा श्री नृत्य क्षेत्रमा सक्रिय भैरवबहादुर थापालाई प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त दुई सय २२ पुस्तकमध्येबाट गुठीले नौ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो ।

गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (सम्वत् १७१९–२०२०) रहेका थिए । यी दुवै पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ ।

release 1 opsWcGFR0V

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७