रसुवा भन्सारका प्रमुख नै तस्करीमा : व्यापारीले पाइन्ट ल्याए, प्रज्ञापनपत्रमा घोषणामा ट्राउजर देखाइयो


७ आश्विन २०७८, बिहीबार
Ram Parsad Regmi

काठमाडौं, ७ असोज : भन्सार छलीमा भन्सार प्रमुख नै संग्लन भएका छन् । रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले व्यापारीसँग सेटिङ्ग गरेर लाखौं भन्सार छली गरेका हुन् ।

प्रमुख रेग्मी नै व्यापारीसँग मिलेर राजस्व छलीमा संग्लन भएको सूचनाको आधारमा राजस्व अनुसन्धान विभागले चेकजाँच गर्दा उनको संग्लनता पुष्टी भएको हो । बढी मूल्यको सामान ल्याएको भए पनि कम मूल्यको सामान ल्याएको भनी करोडौं राजस्व छली भएको सूचनापछि राजस्व अनुसन्धान विभागले निगरानी बढाएको थियो ।

निगरानीकै क्रममा भन्सार कार्यालयले गलत घोषणा गरेका केही कन्टेनर सामान राजस्व अनुसन्धान विभागले एक हप्ताअघि नागढुंगाबाट बरामद गरेको हो । राजस्व अनुसन्धान बिभागलाई गलत घोषणा गरेको सूचनापछि सामान लोड भएको कन्टेनर बरामद गरिएको थियो । भन्सारले जारी गरेको प्रज्ञापनपत्रमा घोषणामा कन्टेनरमा ट्राउजर रहेको उल्लेख थियो । तर कन्टेनरमा महंगा पाइन्ट ल्याइएको भेटिएको हो ।

रसुवा भन्सारका प्रमुख रेग्मीले यसैगरी सेटिङमा गलत घोषणा गर्दै ब्यापारीबाट प्रतिट्रक दररेट अनुसार घुस असुली गर्ने गरेका थिए । राजस्वले कन्टेनर बरामद गर्ने क्रममा भन्सारले घोषणा गरेको सामान भन्दा फरक सामान पाइएपछि उनले तस्करसँग गरेको सेटिङ सार्वजनिक भएको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी र ब्यापारीको सेटिङमा भन्सारछली तस्करी गरी लत्ताकपडादेखि विभिन्न किसिमका सामान आयात भइरहेको भए पनि राजस्वले फेलापार्न सकेको थिएन । तर पाइन्ट ल्याएर ट्राउजर ल्याएको भनी नक्कली प्रज्ञापनपत्रमा घोषणा गरेर लाखौं राजस्व छली गरेको भेटिएपछि भन्सार प्रमुख रेग्मी अप्ठ्यारोमा परेका छन् ।

को हुन् रामप्रसाद रेग्मी ?

राजस्व समूहका उपसचिव रामप्रसाद रेग्मी दीर्घराज मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उनका अति विश्वासिला निर्देशक थिए ।  महानिर्देशक मैनालीले ठूला डिल रेग्मीबाटै गर्दैआएका थिए ।

ठूला ब्यापारीहरुसँग डिल गर्न नेपालमा होइन, मैनालीको दूतको रुपमा रेग्मी दिल्लीमा जाने गरेका थिए । मैनालीले ठूला डिल जति सबै विदेशमा गर्दै आएका थिए ।

अख्तियारबाट २०७६ भदौ २८ मा कार्यकाल सकिएका प्रमुख आयुक्त नवीनकुमार घिमिरे र राजस्वका महानिर्देशक मैनालीको मिलेमतोमा ठूला ब्यापारीसँग ठूलै डिल गरी नयाँदिल्लीमा सेटिङ हुने गरेको थियो ।

केदार पनेरु ३ बर्ष रसुवा भन्सारको प्रमुख हुँदा तत्कालीन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की, आयुक्त दीप बस्नेत(पछि प्रमुख आयुक्त) तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारीको सेटिङमा तस्करी खुल्लम खुल्ला गरी अरबौं राजस्व मार्ने काम भएको थियो । 

मैनालीका विश्वासपात्र रेग्मीले २०७६ चैतको लकडाउनअघिदेखि नै काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा नाकामा सेटिङ गरी तस्करीको लाइन खोलेको आरोप लागेको थियो ।

लकडाउनको मौकामा रातिराति एउटै प्रज्ञापनपत्रबाट दसौं ट्रक सामान आयात हुने गरेका थिए । राजस्वका तर्फबाट रेग्मीले नै त्यसको सेटिङ गरेका थिए ।  

मैनालीले रेग्मीलाई गतबर्ष  भैरहवा भन्सार कार्यालयको प्रमुखमा सरुवा गर्न प्रधानमन्त्री केपी ओलीमार्फत् सचिव शिशिरकुमार ढुंगानालाई दबाब दिएका थिए । तर सचिव ढुंगानाले उनलाई भैरहवा सरुवा नगरी रसुवा गरेका थिए । भैरहवामा उनले आफ्ना निकट उपसचिव मणिराम पौडेललाई पठाएका थिए ।

रसुवा भन्सारमा सरुवा भएका रेग्मीका बिरुद्ध अख्तियारमा अकूत सम्पत्तिको उजुरी परेकोमा मैनालीले नै तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई भनसुन गरी तामेलीमा राख्न लगाएको स्रोत बताउँछ ।

मैनालीको ३ बर्षे कार्यकालमा राजस्वले ठूला कारोबारीसँग भारतको दरबंगादेखि दिल्लीहुँदै अस्ट्रेलियासम्म लेनदेन गरी उन्मुक्ति दिइएको र स सानालाई १ लाख बिगो गरेको छ भने १ करोड जरिवाना लगाएर मुद्दा दायर गरिएको थियो । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७