अर्थमन्त्रालयमा नातावाद : मन्त्रीका ज्वाई एडीबी सल्लाहकार, सचिवका भाइ करदाताको प्रमुख


८ आश्विन २०७८, शुक्रबार
aartha mantralaya


काठमाडौं, ७ असोज : नयाँ अर्थमन्त्री र अर्थसचिव आए लगत्तै अर्थमन्त्रालयमा एउटा चर्चा सुरु भएको छ, ‘नातावाद जीन्दवाद’ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले पालैपालो आफ्ना नातेदारहरुलाई आकर्षक जिम्मेवारी दिन सुरु गरेपछि यो चर्चा सुरु भएको हो ।

उनले अर्थमन्त्री शर्माले एसियाली विकास बैंक (एडीबी) कार्यकारी निर्देशकको सल्लाहकार पदमा आफ्नै भान्जीज्वाई भीमकान्त न्यौपानेलाई पठाएका थिए । न्यौपाने अर्थ मन्त्रालयका अधिकृत छन्। अहिलेसम्म ब्यांकको कार्यकारी निर्देशकको सल्लाहकार पदमा उपसचिव र सहसचिव मात्रै गएका छन्। 

अर्थमन्त्रीकै बाटो पछ्याउदैं अर्थसचिव मधुकुमार मरासिनीले आफ्नै भाइ शम्भु मरासिनीलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख बनाएका छन् । सचिव मरासिनीले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक रहेका शम्भु मरासिनीलाई मध्यमस्तरीय कार्यालयको प्रमुखमा सरुवा गरेका हुन् । मध्यमस्तरीय करदाता कार्यालयका प्रमु्ख रहेका अर्जुनप्रसाद भट्टराईलाई सरुवा गरी सचिवले आफ्नै भाइ शम्भु मरासिनीलाई लगेका हुन् ।

Madhu kumar Marasani
अर्थसचिव मधुकुमार मरासिनी र उनका भाइ शम्भु मरासिनी

मध्यमस्तरीय कार्यालयको कार्यक्षेत्र अर्थमन्त्रालयले तोकेका करदाताहरुको वार्षिक कारोबारका आधारमा नेपाल राज्यभर रहेको छ । मध्यमस्तरीय करदाता कार्यालय पनि अर्थमन्त्रालयको सहसचिव प्रमुख हुने आकर्षक कार्यालय मानिन्छ ।

अर्थमन्त्री शर्माले एनसेलको ७२ अर्ब पूँजीगत लाभकरछलीका मुख्य योजनाकार शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पुरस्कृत गरेका छन् ।

शर्माको जोडबलमा मन्त्रालय बाहिरका विज्ञलाई लेख्न लगाइएर सार्वजनिक गरिएको श्वेतपत्रबारे पनि उनी आलोचित छन्। शर्माले अर्थतन्त्रको अवस्था देखाउन भन्दै श्वेतपत्र जारी गरे पनि त्यसको औचित्य पुष्टि गर्न सकेका छैनन्। 

सबैभन्दा महत्त्वपूर्ण चाहिं सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर शुरूमा हत्याएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमाथि अनुसन्धान प्रक्रिया अघि बढाउने विषयमा अर्थमन्त्रीले रहस्यमय मौनता साँधिरहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७