आइपीएल क्रिकेट : कोलकाताद्धारा मुम्बई ७ विकेटले पराजित


८ आश्विन २०७८, शुक्रबार
120672533 vrp5459

काठमाडौं, ८ असोज । ईण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ ।

आबुधाबीमा गए राति भएको खेलमा मुम्बइले दिएको १५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि राहुल त्रिपाठीले अविजित ७४ रनको योगदान दिए । भेन्कटेश आयरले ५३ रन जोडे । बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ५५ रन बनाए । यो जितसँगै कोलकाताले ९ खेलमा ८ अंक जोडेको छ । कोलकाता आइपिएल अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७