ललितपुरमा कांग्रेसको गाउँ / नगर अधिवेशन दुई दिन ढिला


८ आश्विन २०७८, शुक्रबार
congress

ललितपुर, ८ असोज । सत्तारुढ नेपाली कांग्रेसले ललितपुरमा गाउँ . नगर अधिवेशन निर्धारित मितिभन्दा दुई दिन ढिला गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सकिएका जिल्लामा गाउँ / नगर अधिवेशन यही असोज ९ गते गर्ने कार्यतालिका बनाएको भए पनि ललितपुरमा भने असोज ११ गते मात्र गरिने भएको हो ।

कांग्रेसको ललितपुर जिल्ला समितिले जारी गरेको विज्ञप्तिअनुसार प्राविधिक कारणले जिल्लामा पार्टीको गाउँ / नगर अधिवेशन असोज ११ का लागि सारिएको हो । ललितपुरमा वडा अधिवेशन भने सम्पन्न भइसकेको छ । गाउँ / नगर अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुन्छन् । उनीहरूबाटै गाउँ / नगर कार्यसमिति चुनिन्छन् ।

l

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७