एमाले केन्द्रीय कमिटी बैठक बस्दै


८ आश्विन २०७८, शुक्रबार
amale 2 1

ललितपुर, ८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) देखि सुरु हुँदैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुनेछ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७